मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्थानिय निकायका कर्मचारी आन्दोलनमा

बुधबार, २६ माघ २०७३, १० : ५३
बुधबार, २६ माघ २०७३

 प्युठान - स्थायित्व र व्याव्थापनको माग गर्दै प्युठान जिल्लाका स्थानिय निकायका कर्मचारीहरु आन्दोलनमा उर्तेका छन ।

राज्य पुर्नसंरचनामा संगसंगै र विगतका स्थानिय निकायमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको पेशागत सुरक्षाको सन्दर्भमा उठाएका जायज मागका सन्र्दभमा सवै टेड युनियनको तर्फवाट गम्भिर ध्यानाकर्षण भई प्रथम चरणका आन्दोलनका कार्यक्रमहरु तय गरिएको जनाईएको छ ।

आज खंलगामा भएको स्थानिय निकायका कर्मचारीको वैठकमा आन्दोलन प्रति एक्यवद्धता जाएर गर्ने,सयुक्त आन्दोलन परिचालन गठन गर्ने, अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, लगा्एतका प्रस्ताव माथी छलफल गरिएको थियो ।

स्थानिय निकायको चुनाव तत्काल सम्पन्न गर्न, लामो अनुभवको आधारमा स्थानिय निकायमा कार्यरत कर्मचारीहरुलाई समायोजनमा पहिलो प्राथमिकता दिने, निजामति स्थानिय निकायमा कार्यरत कर्मचारीहरुको अभिलेखिकरणलाई सघिय सरकारले व्यव्स्थीत गरि सबै प्रदेश र स्थानिय तहमा लागु हरने गरी ऐन नियम बनाउनु पर्ने, निजामति अस्पतालको सुविधा स्थानिय निकायमा कार्यरत कर्मचारीहरुले प्रयोग गर्न पाउनु पर्ने, प्रतिस्पर्धामा सफल भएका स्थानिय निकायका कर्मचारीहरुलाई प्रदेश तथा संघिय सरकार अन्र्तगतको कर्मचारीमा जान पाउने अवसर दिनुपर्ने लगाएतका पेशागत मागहरु राखेको जनाईएको छ ।

आन्दोलनका कार्यक्रम अनुसार माघ २६ गते सम्पुर्ण स्थानिय निकायका कर्मचारीहरुले हातमा कालो पट्टी वाधि विरोध जनाउने, २७ गते कालो पट्टी वाधी १ घन्टा कलम वन्द गर्ने र आफ्नो कार्यालयमा धर्ना गर्ने, २८ गते कालो पटटी वाधी ३ घण्टा कलम वन्द गर्ने र आ आफ्नो कार्यालयमा धर्ना दिने र फागुन १ गते दिउसो १२ वजे आन्दोलनका कार्यक्रमहरुवारे सरोकारवालाहरुसंग जि.वि.स सभाकक्षमा अन्तरक्रिया गर्ने र सो दिन स्थानिय निकायका सम्पुर्ण सेवाहरु वन्द गर्ने रहेको आन्दोलन परिचालन समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए ।

आज थप आन्दोलनका कार्यक्रमहरु आन्दोलन परिचालन समन्वय समिति दिनेश केसीको अध्यक्षतामा ९ सदस्यीय समिति पनि चयन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप