मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दुर्घटना गराएर भागेका स्याङतन चार दिनपछि पक्राउ

बुधबार, २६ माघ २०७३, १८ : ०१
बुधबार, २६ माघ २०७३
भक्तपुर – गत २२ गते शनिबार बिहान ४ बजेको समयमा जिल्ला भक्तपुर सुर्यबिनायक घलाते चोकमा एउटा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भयो । सल्लाघारीबाट जगाती तर्फ जादै गरेको नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा पैदल यात्री सोही स्थानमा बस्ने बर्ष ८४ को मुक्ति बहादुर सुवाल घाइते भए । घाइते सुवालको उपचारको क्रममा डा.इवामुरा अस्पताल र थप उपचारको लागि मध्यपुर ठिमी अस्पताल उपचारकै क्रममा सोही दिन बिहान करिब सात बजे मत्यु भयो । घटना भएको चार दिनको अनुसन्धानपछि प्रहरीले सुवाललाई ठक्कर दिएर फरार सवारी र चालकलाई आज बुधबार नियन्त्रणमा लिएको छ । बा.४ ख ७३०१ नं को ट्रिपर र चालक मकवानपुर टिस्टुङ पालुङ–७ का शम्भु स्याङतनलाई नियन्त्रणमा लिएको हो । स्याङतनलाई सवारी ज्यान अन्र्तगत आवश्यक कानुनी कारवाही प्रक्रिया अगाडी बढाएको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरिक्षक मित्रबन्धु शर्माले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप