मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दृष्टिविहीन विश्वकप : नेपाल भारतसँग पराजित

बुधबार, २६ माघ २०७३, १८ : ४८
बुधबार, २६ माघ २०७३
काठमाडौँ - भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल भारतसँग १५२ रनको भारी अन्तरले पराजित भएको छ । आन्द्रा प्रदेशस्थित मुलपाडु क्रिकेट मैदानमा भएको खेलमा भारतले दिएको २९० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३७ रनमा समेटियो । नेपालका लागि रमेशबहादुर बानियाँले ३५ तथा सुनिल सुवेदी क्षेत्रीले १२ रन जोडे । त्यस्तै पदमबहादुर बडैलाले २८ रन बनाउँदा विक्रमबहादुर राना २५ रनमा अविजित रहे । भारतका जाफर इग्बलले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा एक विकेट गुमाएर २८९ रन बनायो । भारतका लागी ओपनरद्वय अजयकुमार रेडीले १०९ रन तथा दुर्गा राओले ५३ रन बनाए । त्यस्तै बैकटेश्वर राओले अविजित ८२ रनको योगदान दिए । जारी प्रतियोगितामा नेपालको यो सातौ हार हो । यसअघि नेपाल अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तान, वेस्टइन्डिज, श्रीलङ्का र इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । नेपालले दक्षिण अफ्रिकालाई भने पराजित गरेको थियो । जारी प्रतियोगितामा नेपालले तीन अङ्क जोडेको छ । विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले भोलि न्युजिल्यान्डसँग सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप