बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विज्ञापन रहितनीति २०७३ कार्यान्वयनबारे छलफल

बुधबार, २६ माघ २०७३, ०८ : ५२
बुधबार, २६ माघ २०७३

काठमाडौँ - सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको उपस्थितिमा विज्ञापनरहित नीति, २०७३ कार्यान्वयन सम्वन्धमा सूचना तथा सञ्चार मन्त्रालयमा आज छलफल भएको छ ।

सो छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल विज्ञापन सङ्घका प्रतिनिधि, आम सञ्चार नीति कार्यान्वयन सुझाव समितिका सदस्य, नेपाल केवल टेलिभिजन महासङ्घलगायतका सरोकारवालाको उपस्थिति थियो ।

उक्त अवसरमा नीतिका बारेमा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले प्रस्तुती गर्नुभएको थियो । सो अवसरमा मन्त्री कार्कीले विज्ञापनरहित नीति, २०७३ लागु गर्ने प्रक्रिया सरोकारवालासँग नियमित छलफल गर्दै अगाडि बढाउने जानकारी गराए ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सो नीति नेपालको हितमा रहेको र नीति कार्यान्वयन गर्न उपयुक्त भएकाले प्राविधिक तयारीसहित कार्यान्वयन गर्ने बताएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप