मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साल्ट ट्रेडिङको घाटा पूर्ति गर्न सरकारलाई निर्देशन

बुधबार, २६ माघ २०७३, १८ : ५७
बुधबार, २६ माघ २०७३

काठमाडौँ – व्यवस्थापिका संसदको उद्योग समितिले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको घाटा पूर्ति गर्न सरकारलाई निर्देशन दिएको छ ।

साल्ट ट्रेडिङले घाटा आपूर्तिका लागि मूल्य समायोजनको तयारी गरिरहेका बेला समितिले घाटावापतको रकमको तत्काल व्यवस्था गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिको बुधबार बसेको बैठकमा साल्ट्र ट्रेडिङको घाटा पूर्ति, सोध भर्नाको अवस्था, आयोडिनयुक्त नुनको कारोबार लगायतका विषयमा आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईसहितका अधिकारीहरुसँग छलफल गरेपछि समितिले घाटा पूर्तिका लागि तत्काल रकमको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

 मूल्य समायोजन गरे सर्वसाधारण नागरिकलाई मर्का पर्ने भएकाले घाटा पूर्ति गर्न सरकारलाई निर्देशन दिइएको उद्योग समिति अन्तरगतको उपसमितिका संयोजक सुवाष चन्द्र शाह ठकुरीले जानकारी दिए ।

समितिको बैठकमा बोल्दै आपूर्ति सचिव प्रेमकुमार राईले अर्थ मन्त्रालयले आवश्यक बजेट नदिएकाले आयोडिन नुन र चिनीको मूल्य वृद्धि गर्न बाध्य हुने अवस्था आएको बताएका थिए ।

उनले यस वर्ष ५० हजार मेट्रिक टन चिनी भण्डारण गर्नका लागि माग गरिएको रकम दिन पनि अर्थ मन्त्रालयले आनकानी गरिरहेको गुनासो गरे । उनले चिनी र नुनको भण्डारण एथेष्ट नभए आगामी वर्षदेखि नुन र चिनीको मूूल्य भारी वृद्धि हुने पनि उल्लेख गरे ।

साल्ट ट्रेडिङ कर्पोरेशन यो वर्ष मात्रै २६ करोड घाटामा गएको छ । लागत भन्दा कम मूल्यमा नुन खरिद विक्री गर्नु परेकाले घाटामा गएको बताइएको छ । सरकारले दुर्गम क्षेत्रका २२ जिल्लामा नुन सपथ मूल्यमा दिने नीतिगत व्यवस्था गरेपछि साल्ट ट्रेडिङ कर्पोरेशन घाटामा गएको हो । बैठकमा समितिका सदस्यहरुले साल्ट ट्रेडिङ कर्पोरेशनको घाटा कम गर्न आगामी वर्षदेखि छुटै बजेट विनियोजनको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप