मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जापानद्वारा खेलकुद सामाग्री सहयोग

बुधबार, २६ माघ २०७३, १९ : २६
बुधबार, २६ माघ २०७३

काठमाडौं – जापान केन्दो फेडेरेसनको सहयोगार्थ नेपाल केन्दो एण्ड लैदो एशोसिएशनलाई जापानी राजदुताबासमा केन्दोको खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।

नेपालका लागि जापानीज राजदुताबासका फस्ट सेक्रेटरी सेक्रेटरी कियोहिको हामादाले सो खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् ।

केन्दो खेलमा प्रयोग हुने बुगु सेट १०, सिनाल १०, डेन्डो गी ६ र हकामा ४ पिस खेलकुद सामान फस्ट सेक्रेटरी कियोहिको हामादाले नेपाली केन्दो तथा लाइदो एशोसिएशनका अध्यक्ष गणेश राइलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए ।

नेपालका १५ भन्दा बढी जिल्लामा दर्ता भइसकेको यो खेलका लागि आबस्यक पर्ने खेल सामाग्री महंगो हुने भएकाले आफै खरिद गर्न नसकिने संघका अध्यक्ष राइले जानकारी दिए । कार्यक्रमको अबसरमा केन्दो खेलको डेमोस्ट्रेसन पनि देखाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप