मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जिल्ला अस्पतालमा विशेषज्ञसहित आकस्मिक शल्यक्रिया सेवा सुरु हुने

बुधबार, २६ माघ २०७३, १९ : २८
बुधबार, २६ माघ २०७३

काठमाडाँै - जिल्ला अस्पतालबाटै बिरामीले विशेषज्ञ सेवासहित शल्यक्रियाको सेवा पाउने भएका छन् ।

स्वास्थ्य मन्त्रालयले आगामी फागुन १ गतेदेखि मुलुकका १३ जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक र आकस्मिक शल्यक्रियाको सम्पूर्ण व्यवस्था गरी २४ सै घण्टा सेवा सुचारु गर्ने निर्णय गरेको हो ।

सुरुमा १३ वटा जिल्ला अस्पताल र त्यसको केहि हप्तापछि बाँकी जिल्ला अस्पतालमा सो सेवा शुभारम्भ गर्ने लक्ष्य स्वास्थ्य मन्त्रालयको छ ।

आगामी फागुन १ गतेदेखि उक्त सेवा सुरु गर्नेमा सर्लाही, धादिङ, रोल्पा, नुवाकोटको त्रिशुली, गोर्खा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङको तुल्सीपुर, अर्घाखाँची, उदयपुर, धनकुटा र बाग्लुङको बुर्तिवाङ जिल्ला अस्पताल रहेका छन् ।

स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजहरुसँग सम्झौता गरी उक्त सेवा सुरु गर्न लागिएको स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले बताए ।

उनले अस्पतालमा विषेशज्ञ चिकित्सक र आवासीय एमडी वा एमएस वा डिएम वा एमसीएच चिकित्सकलाई खटाइने तथा सो वापत उनीहरुलाई थप पारिश्रमिक उपलब्ध गराउने सहमति भएको बताउँदै सो सेवाका लागि ती अस्पतालमा आवश्यक उपकरण र वित्तीय स्रोतको व्यवस्था पनि सरकारले गर्ने धारणा व्यक्त गरे ।

उक्त सेवालाई बढी प्रभावकारी बनाउन तथा स्रोत साधनको व्यवस्थापनका लागि एक सर्वपक्षीय संयन्त्रसमेत गठन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप