मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पाल्पामा ट्याक्टर दुर्घटना, १ को मृत्यु

बिहीबार, २७ माघ २०७३, ०८ : २२
बिहीबार, २७ माघ २०७३

पाल्पा–तानसेन नगरपालिका १२ सालघारीमा गए राति ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन १२ सालघारीमा खाद्यन्न बोकेको लु ३ त ६५२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तानसेन नगरपालिका १२ का २८ वर्षीय ट्याक्टर चालक विबास थापा – गोरेको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल तानसेनमा राखिएको छ । ट्याक्टर ब्याक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप