मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तरलताको अवस्थाबारे अर्थमन्त्रीको चासो

बिहीबार, २७ माघ २०७३, १२ : ३६
बिहीबार, २७ माघ २०७३

काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको पछिल्लो आर्थिक अवस्थाका बारे राष्ट्र बैंकका गर्भनर र अर्थ मन्त्रालयका सचिवहरुसँग छलफल गरेका छन् ।

उप प्रधानमन्त्री महराले बिहीबार विहान करिव डेढ घण्टा गर्भनर चिरञ्जीवी नेपाल, अर्थ सचिव शान्तराज सुवेदी र राजश्व सचिव राजन खनालसँग मन्त्रालयमै छलफल गरेका हुन् ।

छलफलमा गर्भनर र सचिवद्वयले मुलुकको पछिल्लो आर्थिक अवस्थाको वास्तविकताका वारेमा उपप्रधानमन्त्री महरालाइ ब्रिफिङ्ग गरेका थिए ।

बैंकहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेपछि कर्जायोग्य तरलता बढेको समचार आएपछि अर्थमन्त्रीले आर्थिक अवस्थाबारे चासो देखाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप