मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कायर्यदलमै एमालेको असन्तुष्टि

बिहीबार, २७ माघ २०७३, १३ : ०५
बिहीबार, २७ माघ २०७३

काठमाडौ - स्थानीय पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनबारे अध्ययन गर्न गठित कार्यदलले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

बैठकमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारसहित पाँच दलको सहभागिता थियो । सो बैठकमा एमालेले कार्यदलको गठनप्रति विरोध गरेको थियो ।

स्रोतका अनुसार आयोगले बुझाएको प्रतिवेदन सच्याउने अधिकार कार्यदललाई नरहेको भन्दै एमालेले विरोध गरेको थियो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमालेका उपाध्यक्ष भीम रावलले आयोगले बुझाएको प्रतिवेदनलाई विवादमा ल्याएर चुनाव नगराउने रणनीति सरकारको रहेको दावी गरे ।

आयोगको प्रतिवेदन र सविधान संशोधन दुवै फरक कुरा हो, सविधान संशोधन र कार्यदलको सुझावलाई नपर्खिन र चुनावको मिति घोषणा गर्न सत्तारुढ दललाई आग्रह गरेको उनले बताए ।

त्यसको जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो कार्यदलले आयोगको प्रतिवेदन संशोधन होइन, कार्यविधि अनुसार काम भएको नभएको हेर्ने मात्र रहेको प्रतिकृया बैठकमा दिएको स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप