मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा रहेको क्याम्पसमा अज्ञात समूहद्वारा आगजनी

बिहीबार, २७ माघ २०७३, १४ : २९
बिहीबार, २७ माघ २०७३

भीमदत्तनगर - कञ्चनपुरको भीमदत्तनगरमा रहेको कञ्चन सामुदायिक क्याम्पसमा गएराति अज्ञात समूहले आगजनी गरेका छन् ।

क्याम्पसको प्रशासन र लेखाकक्षमा गरिएको आगजनीका कारण क्याम्पसका सबै कागजात जलेर पूर्णरुपमा नष्ट भएका छन् । मध्यरातमा गरिएको आगजनीबारे क्याम्पसमा रहेका चौकीदारले प्रहरीलाई खबर गरेपछि तत्काल घटनास्थल पुगेको प्रहरीले दमकलको सहारामा आगो नियन्त्रणमा लिएको थियो ।

आगजनी कसले र किन ग¥यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । क्याम्पस प्रमुख डा राजकुमार साउँदले आगजनी गर्ने समूहलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । आगजनीका कारण आज बिहान क्याम्पसको अध्ययनसमेत प्रभावित भएको छ । विद्यार्थीले दोषीलाई कारबाहीको माग गर्दै क्याम्पस परिसरमै प्रदर्शन समेत गरेका छन ।

केही साताअघि मात्रै क्याम्पसबाट अज्ञात समूहले नै एक थान ल्यापटप र रु दुई लाख चोरी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप