मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नापी कार्यलय धनुषा तनावग्रस्त : कार्यलय प्रमुखबाटै सेवाग्राहीमाथि हातपात

बिहीबार, २७ माघ २०७३, १५ : ०७
बिहीबार, २७ माघ २०७३

धनुषा–नापी कार्यालय धनुषाका प्रमुख र कर्मचारीको कुटाईबाट जनकपुरमा एक सेवाग्राही घाईते भएका छन् ।

कार्यालयमा जनकपुर उपमहानगरपालिका–१२ का ५५ बर्षिय ललन साह आफ्नो जमिनको नक्सा लिन पुग्दा कार्यालय प्रमुख सुरेश जोशी लगायत कार्यालयका अन्य कर्मचारीको निर्घात कुटाईबाट घाईते भएका हून् ।

सेवाग्राही साह र उनका छोरा नक्सा लिन जाँदा नापी कार्यालयका कर्मचारीहरुले तलमाथि तलमाथि गराएपछि कर्मचारीहरुसँग भनाभन भएको थियो ।

भनाभन हुँदै गर्दा कार्यालयका एक कर्मचारीले सेवाग्राही साहमाथि हाततपात गरेको प्रत्यादर्शीले बताएका छन् । एक कर्मचारीले हातपात गरेपछि कार्यालय प्रमुख जोशीसहित अन्य कर्मचारीहरु कुटपीटमा खनिएका थिए ।

सोही क्रममा बुवासँगै नापी पुगेका साहका छोरा ललित साह बुवामाथि भएको हातपात रोक्न आग्रह गर्दा उनलाई समेत कर्मचारीहरुले निर्घात कुटेका छन् ।

झगडापछि कार्यालय सहयोगिले कर्मचारीहरुलाई बचाउन आफूले हातपात गरेको दाबी गरेका छन् । तर प्रत्यक्षदर्शीहरुले भने सबै कर्मचारीहरुले मिलेर कुटपिट गरेको बताएका छन् ।

घटनापछि नापी कार्यालय तनावग्रस्त भएपछि घट्नास्थलमा प्रहरी आएर स्थितिलाई साम्य पारेको थियो प्रहरीले घाइते साहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेको छ भने घटनाको छानबिनको लागि उनका छोरा ललितलाई जिप्रका धनुषामा लगिएको छ ।

घटनामा संलग्न कर्मचारीहरुलाई भने अहिलेसम्म प्रहरीले पक्राउ नगरेको भन्दै सेवाग्राहीले आक्रोश पोखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप