मन्त्रीपरिषद्को बैठक बालुवाटारमा बस्दै
बिहीबार, २७ माघ २०७३, ०६ : ५०
काठमाडौ - आज विहान स्थगित भएको मन्त्रीपरिषद्को बैठक अहिले ४ः३० बजे बालुवाटारमा बस्ने भएको छ ।
प्रधानमन्त्री निवास स्रोतका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजवीनका लागि बेपत्ता आयोगको म्याद थप्नका लागि बैठक बस्न लागेको हो ।
आयोगको म्याद आजबाट सकिन लागेको हुनाले स्थगित भएको बैठक पुनः बस्न लागेको बताइएको छ ।
आइजीपी नियुक्तिका कारण विहानको बैठक स्थगित भएको थियो तर बालुवाटारमा बस्ने मन्त्रीपरिषद्को बैठकले त्यसको बारेमा कुनै निर्णय नलिने बताइएको छ ।