मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आधा दर्जन सुनचाँदी व्यवसायी कारबाहीमा

बिहीबार, २७ माघ २०७३, १५ : ५७
बिहीबार, २७ माघ २०७३

सप्तरी - विराटनगरस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयको एक टोलीले सप्तरीको राजविराजमा नापतौलमा ठगी गर्ने आधा दर्जन सुनचाँदी व्यवसायीलाई कारबाही गरेको छ ।

कार्यालय प्रमुख मनिष दासका अनुसार राजविराजस्थित गरगहना पसलमा आज अनुगमन गर्दा यहाँ रहेका आधा दर्जन पसलका नापतौलमा कमी गरेको पाइएकाले त्यस्ता व्यवसायीलाई कारबाही गरिएको हो ।

कारबाहीमा परेका राजविराज–१ माँ भगवती ज्वेलर्स, श्री गणेश ज्वेलर्स, न्यू जगदम्बा ज्वेलर्सका व्यवसायी तथा लहानका अन्य तीन सुनचाँदी व्यवसायीलाई नापतौल ऐन, २०२५ बमोजिम कारबाही अघि बढाइएको उनले बताए ।

यसैगरी स्वीकृति नलिई सञ्चालनमा रहेका केही पसललाई तीन दिनभित्र इजाजत पत्र लिन निर्देशन दिएको र त्यसको अवज्ञा गरेमा कानुन बमोजिम कारबाही गरिने क्षेत्रीय प्रमुख दासले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप