मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोका–कोलाको मोःमोत्सव

बिहीबार, २७ माघ २०७३, १६ : ०५
बिहीबार, २७ माघ २०७३

काठमाडौँ – गत वर्षको मोःमोत्सवको अपार सफलतापछि, कोका–कोलाले आफ्ना महत्वपूर्ण उपभोक्ताहरुको लागि मोमोत्सव फेरी ल्याएको छ ।

कोका–कोलाले नेपालका प्रमुख चेन रेष्टुरेन्टहरु तथा भोजनालयहरुसँगको सहकार्यमा अनुपम ‘कोका–कोला मोःमोत्सव’गत वर्ष देखि आयोजना गर्दै आएको छ ।

जस्तै, यो मोःमो अभियानले कोका–कोलाका साथमा मोमोहरुको विभिन्न प्रकारको स्वाद लिन सकिनेछ ।

यस बर्षको मोःमोत्सव महोत्सव मध्य मार्चसम्म आयोजना हुनेछ । यो अभियानको एक भागको रुपमा, चर्चित कलाकार तथा खानाको पारखि प्रियंका कार्की र नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडीहरुका साथमा विभिन्न आउटलेटहरु भ्रमण गर्नेछन् ।

विभिन्न आउटलेटहरुमा कोका–कोला र मोःमोको संयुक्तरुपमा आनन्द लिईरहेका व्यक्तिहरुलाई सेलेब्रेटीहरुले सोहि स्थानमा भेट्ने छनुभने ममका पारखीहरुले विभिन्न रमाइला पुरस्कारहरु जित्न सक्नेछन् ।

यसको लागि ग्राहकहरुले कोका–कोलाको आधिकारिक फेसबुक पेज लाइक गर्नुपर्ने हुन्छ । मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप