मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गण्डक सम्झौता पुनरावलोकन हुन्छ : मन्त्री महत

बिहीबार, २७ माघ २०७३, १६ : ०८
बिहीबार, २७ माघ २०७३

परासी– पराराष्ट मन्त्री प्रकाश शरण महतले नेपाल भारत दुबै पक्षको आपसी समझदारीबाट गण्डक संझौताको पुनाराबोलोकन गरिने बताएका छन् ।

गण्डक नदि नियन्त्रण सघर्ष समिति नवलपरासीले अन्तरदेशीय नदिहरुमा जलयात्राको शुभारम्भ गर्दै गण्डक परीयोजनाको संझौता अनुसार नेपालले पाउने सुबिधाका बारेमा भारत सरकारसँग स्पष्ट प्रस्ताव राखी सेवासुबिधा लिन सकिने दाबी गरे ।

भारतसँग नेपालको संबन्ध थप प्रगाढ हुदै गईरहेकोे पनि मन्त्री महतले बताए । गण्डक कमाण्ड क्षेत्रको समग्र बिषयमा भारत सरकारसंग कुरा भई सकेको र छिटटै परिणाम आउने उनको भनाई थियो । गण्डक पीडितहरुका क्षतिपुर्तिका लागी नेपाल सरकारले भारतीय पक्ष संग छलफल गरी क्षतिपुर्ति दिलाउन पहल गरेको मन्त्री महतले बताए ।

संसदमा टेबुल भएको संबिधान संसोधन प्रस्ताव सफल बनाउन सत्ता पक्षले प्रयास जारी राखेको मन्त्री महतको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप