मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ओली र नेपाल समूहको विद्यार्थीबीच झडप : नेपाल समूहका आठजना घाइते

बिहीबार, २७ माघ २०७३, १६ : २३
बिहीबार, २७ माघ २०७३

पोखरा – स्ववियु निर्वाचनको मुखैमा एमाले निकट अनेरास्वीयुका केपी शर्मा ओली र माधव नेपाल गुटको विद्यार्थीबीच आज झडप भएको छ ।

पृथ्वीनारायण क्याम्पस पोखरामा भएको झडमा माधव नेपाल समूहका आठजना विद्यार्थी घाइते भएका हुन् । अनेरास्वीयु पोखरा सम्पर्क समितिको भेलामा को अध्यक्ष बन्ने विषयमा गाली गलौज हुँदा झडप भएको बताइन्छ ।

अनेरास्वीयु कास्कीका पूर्व अध्यक्ष अशोक शर्माका अनुसार दिनेश ढुगाना, विमल पौडेल, वसन्त घिमिरे, विनय राणा, बज्रराज अधिकारी, शिकार पोखरेल, आशिस केसी, दुर्गा लामिछाने घाइते भएका हुन् ।

उनीहरु सबै नेपाल पक्षधरका विद्यार्थी हुन् । हात र टाउकोमा चोटपटक लागेको बताइन्छ ।

ओली समूहका आशिर्वाद सुवेदी अध्यक्ष हुने कि नेपाल समूहका अशोक पौडेल अध्यक्ष हुने विषयमा विवाद उत्पन्न भएको थियो ।

अनेरास्वीयु कास्कीका अध्यक्ष विवेक देवकोटाले यो कुनै समूहगत नभएर व्यक्तिगत लडाई भएको दावी गरे तर माधव नेपाल समूहका विद्यार्थी नेता मात्र किन घाइते जिज्ञासा राख्दा उनले केही जवाफ दिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप