मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रियंकाले किन लेखिन् ‘आइ थिङ्क आइ एम प्रेग्नेन्ट’

बिहीबार, २७ माघ २०७३, १६ : २७
बिहीबार, २७ माघ २०७३

काठमाडौं – सामाजिक सञ्जालमा निकै चर्चित रहेकी अभिनेत्री हुन् प्रियंका कार्की । सामाजिक सञ्जालमा उनले पोष्ट गर्ने फोटोदेखि अभिव्यक्तिले चर्चा पाउने गरेको छ ।

हाल चलचित्र ‘बटरफ्लाई’ को सुटिङमा व्यस्त प्रियंकाले आफु गर्भवती भएको आशंका गरेकी छन् ।

प्रियंकाले सामाजिक संजाल इस्टाग्राममा एक अनौठो तस्बिर पोष्ट गर्दै क्याप्सनमा आफु गर्भवती भएको त छैन भन्दै आश्चर्य प्रकट गरेकी छन् ।

प्रियंकाले तस्बिरमा आफ्नो पेट गर्भवती महिलाको झै बनाएकी छन् । साथमा क्याप्सनमा लेखेकी छन् – ‘आइ थिङ आइ एम प्रिग्नेन्ट’ ।

तर, उनी साँच्चिकै गर्भवती भने भएकी होइनन् । ठट्टा गर्दै पोष्ट गरेको तस्विरमा लेखेकी छिन्, ‘सायद यो बच्चा डायनासोर हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप