मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

२ करोड डलर उठाउने सगुनको लक्ष्य : शेयर विक्रीको घोषणा

बिहीबार, २७ माघ २०७३, १६ : ४७
बिहीबार, २७ माघ २०७३

काठमाडौँ – सगुनले सर्वसाधारणबाट २ करोड डलर बराबरको लगानी उठाउने उदेश्यसहित अनलाइन माध्यमबाट शेयर बिक्री गर्ने घोषणा गरेको छ । बिहीवारबाट संसारको जुनसुकै कुनामा रहेका जो कोही व्यक्तिले पनि सगुनमा कम्तिमा २९९ डलर लगानी गरी यसको शेयरधनी हुनसक्ने भएका छन् ।

एक हप्ता अगाडि मात्रै संयुक्त राज्य अमेरिकाको धितोपत्र कारोबार आयोगले सगुनले पेश गरेको प्रस्तावलाई स्वीकृति दिएको थियो । उक्त स्वीकृति पश्चात् सगुनले ‘ग’ श्रेणीको ८,६९,५६४ कित्ता साधारण शेयरलाई प्रतिकित्ता २३ अमेरिकी डलरमा बिक्री सुरु गरेको हो । सगुनको शेयरधनी बन्नका लागि कम्तीमा १३ कित्ता शेयर किन्नु अनिवार्य हने उसले जनाएको छ ।

त्यसभन्दा माथि भने व्यक्तिले आफ्नो इच्छा अनुसार शेयर खरिद गर्न सकिने सगुनले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिक्रीको लागी छुट्याइएका यी शेयरहरु सगुनको वेबसाइटमार्फत सर्वसाधारणले खरिद गर्न सक्नेछन् । वेबसाइटमा सगुनले धितोपत्र कारोबार आयोगलाई पेश गरिएको प्रस्तावको प्रतिलिपि समेत उपलब्ध गराइएको छ ।

सगुनका संस्थापक गोविन्द गिरीले भने‘ मेरो समुदायका मानिसहरु, हाम्रा समर्थक तथा शुभेच्छुकहरु जसले हाम्रो सपनामा विश्वास गर्नुभयो म उहाँहरुलाई यो अवसर वाँड्न चाहन्थें । अब हाम्रो अभियानमा सहकार्य गर्न र सगुनले उपलब्ध गराउन सक्ने सम्भावित वित्तीय फाइदाबाट उहाँहरु लाभान्वित हुनुहुनेछ ।’

सगुन प्रारम्भिक चरणमा रहेको एक सामाजिक कर्मस सञ्जाल हो जसले सबैलाई सामाजिकीकरण गर्दा पैसा कमाउने अवसर प्रदान गर्दछ । सगुन शब्द संस्कृतको सकुन शब्दबाट आएको हो जसको अर्थ शुभ समय वा राम्रो भाग्य भन्ने हो । २००९ मा सगुन सर्च इन्जिनको रुपमा सुरु भएको थियो तर २०१४ मा यसलाई सामाजिक कमर्श सञ्जालको रुपमा विकसित गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप