मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मह जोडीद्वारा अपांग भबन उद्घाटन

बिहीबार, २७ माघ २०७३, ०८ : ५०
बिहीबार, २७ माघ २०७३

काठमाडौं – काठमाडौंको जोरपाटीस्थित नेपाल अपांग मानव अधिकार केन्द्र भबनको उदघाटन गरिएको छ । मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयक्त रुपमा केन्द्रको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा महजोडीले केन्द्रको स्थापनापछि अपांगहरुको मानव अधिकार रक्षाका लागि सहयोग मिल्ने बताए ।

गोरखा इको प्यानलको प्रयोगबाट एकतल्ले भवन बनाइएको हो । करिव नौ सय वर्ग फिटमा पाँंच कोठे भबन बनाइएको हो । १२ तेह्र लाखको लागत इष्टमेटमा नौ सय वर्ग फिट क्षेत्रफलमा भबन बनाइएको हो ।

केन्द्रका सदस्य सचिव जगदीशप्रसाद अधिकारीले सस्तो, किफायती, भकम्पप्रतिरोधी मात्रै नभई छिटो निर्माण कार्य सम्पन्न हुने भएकाले गोरखा इको प्यानलको प्रयोग गरी भबन बनाइएको स्पष्ट पारे ।

करिव एक महिनाको छोटो अवधिमा भबन निर्माण कार्य सम्पन्न गरिएको हो । नेपाल अपांग मानव अधिकार केन्द्र सरकारी निकायसँंग समन्वय गरी अपांगको मानव अधिकार सुनिश्चित गर्न खलिएको संस्था हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप