मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तराईबाट सुरु भयो धनपति

बिहीबार, २७ माघ २०७३, १७ : ०८
बिहीबार, २७ माघ २०७३
काठमाडौं – दिपेन्द्र के खनालको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘धनपति’को छायाँकन सुरु भएको छ । निर्देशक खनालले बिहिबार सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको छायाँकन सुरु भएको जनाएका हुन् । दिपेन्द्रले तराईबाट चलचित्रको छायाँकन सुरु भएको फेसबुकमा उल्लेख गरेका छन् । कथा, पटकथा तथा संवाद खगेन्द्र लामिछानेको रहने चलचित्र दिपेन्द्र के खनालको प्रोडक्सनसँग टुकि आर्टसले सहकार्य गरेर निर्माण गर्न लागेको हो । रोजीना सिटौला निर्माता रहने चलचित्रमा खगेन्द्र लामिछाने, आशान्त शर्मा , मनिष निरौला, सुरक्षा पन्त, हरिहर शर्मा, रबि गिरी लगायत कलाकारको अभिनय रहनेछ । २०७४ असार २३ गतेलाई विश्वव्यापी रुपमा प्रदर्शनको मिति घोषणा गरिसकेको यो चलचित्र दिपेन्द्रको महत्वकाक्षी चलचित्र पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप