मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आधा घण्टा बसेर मन्त्रिपरिषद्ले गर्यो केवल एउटा निर्णय

बिहीबार, २७ माघ २०७३, १७ : १९
बिहीबार, २७ माघ २०७३

काठमाडौं  - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न बसेको मन्त्रीपरिषदको बैठक एउटा निर्णय गरेर सकिएको छ ।

बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद १ बर्षका लागि थप गर्ने निर्णय गरेको छ ।

एउटा एजेन्डामा मात्र मन्त्रीपरिषद बैठक केन्द्रीत भएको सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । द्वन्द्वकालको घटना छानबिन गर्न गठित आयोगको म्याद माघ २८ गते सकिँदै थियो ।

आजै नेपाल प्रहरीको नयाँ महानिरिक्षक नियुक्ति गर्ने समाचार आएपनि नेपाली कांग्रेस र नेकपा माओबादीबिच सहमति नभएका कारण रोकिएको छ । अब अर्को मन्त्रीपरिषदको बैठकबाट प्रहरी महानिरिक्षक नियुत्ति गरिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप