मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाल एसबिआई बैंकले बोनश शेयर र नगद लाभांश दिने

बिहीबार, २७ माघ २०७३, १७ : २२
बिहीबार, २७ माघ २०७३

काठमाडौ–नेपाल एसबिआई बैंकका शेयरधनीहरुको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । माघ २७ गतेको साधारणसभाले बैंकको आ.व. २०७२/७३ को संचालक समितिको प्रतिवेदन, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित गरेको छ । बैंकले आ.व. २०७२/७३ मा रु. २४१.६१ करोड संचालन मुनाफा र रु. १३३.१९ करोड खुद मुनाफा हासिल गरेको छ ।

सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा २८ प्रतिशतका दरले वोनश शेयर र १.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त साधारणसभाले बैंकको २२ औँ साधारणसभाबाट पारित भएको एक अरब उनान्नसय करोड उन्नाइस लाख बयालिस हजार तीन सय साठी रकम बराबर हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा हकप्रद शेयर जारी गर्ने भएको छ । साथै सो शेयर जारी गर्दा आउने भिन्न अंक फ्रयाक्सनलाई शेयरधनीबाट थप रकम लिई पूर्ण अंकमा परिणत गर्ने निर्णय गरेको छ । त्यसरी पूर्ण अंकमा परिणत गर्ने क्रममा वर्तमान शेयरधनी समूहको शेयर स्वामित्व कायमै राख्न संस्थापकले जति रकम थप्न आवश्यक पर्छ सो रकम संस्थापकबाट थपने र र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व ७०ः३० कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७२/०७३ को वित्तीय विवरण सहितको एकीकृत कन्सोलिडेटेड वित्तीय विवरण समेत स्वीकृत गरेको छ । सधारणसभाले आ.ब. २०७३÷७४ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिएल श्रेष्ठ एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक निर्धारण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप