मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जेल तोडी भाग्ने ६० भन्दाबढी कैदीको खोजी जारी

बिहीबार, २७ माघ २०७३, १७ : २८
बिहीबार, २७ माघ २०७३

सिडनी - पपुवा न्यूगिनीको दक्षिणी पहाडी क्षेत्रमा अवस्थित बेइ–उबी कारागार तोडेर भागेका ६० भन्दाबढी कैदीहरुको अझ खोजीकार्य जारी रहेको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ ।

सो कारागारमा क्षमताभन्दा बढी कैदी रहेको भन्दै चिन्ता व्यक्त गरिदै आएको थियो ।

उक्त कारागारामा १५० कैदी रहने क्षमता रहेकोमा जेल तोडिनुभन्दा एक हप्ता अगाडि सो कारागरमा २१० जना कैदी रहेका थिए ।

बन्दरगाह सहर मोरेसबाइबाट तीन सय किलोमिटर उत्तरमा पर्ने बुइमो कारागाराबाट गत वर्ष पनि जेलभित्र भएको झडपमा ११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७० जना फरार भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप