मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रोजगारीको सुनिश्चतता हुनुपर्छ : डा. बाबुराम भट्टराई

बिहीबार, २७ माघ २०७३, ११ : ३५
बिहीबार, २७ माघ २०७३

काठमााडै – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले श्रमिकहरुको रोजगारीको सुनिश्चितता गर्दै स्वरोजगारीको अबसर सृजना गर्नुपर्ने बताएका छन् ।

बिहिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा कार्यक्रमलाई सम्बोधन गर्दै भटराईले पूजीँको अभावमा रोजगारीका अवसर सिर्जना नहुने र श्रमिकको अभावमा पूजीँको उचित परिचालन हुन नसक्ने स्थितिको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन् ।

संयोजक भट्टराईले नेपाल समाजवादी ट्रेड युनियन पुराना ट्रेड युनियनहरुको निरन्तरता नभई नयाँ सोँच, बिचार र कार्यशैली सहित शुरु गरिएको वैकल्पिक महासंघ भएको पनि बताए । स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघका पदाधिकारीलाई पार्टी प्रवेश गराउदै संयोजक भट्राईले नेपाल समाजवादी ट्रेड युनियनमा षड्यन्त्रमूलक व्यवहार नभई सहभागितामूलक निर्णय प्रक्रिया र समावेशि नेतृत्व हुने बताए ।

खगेन्द्र प्याकुरेलको नेतृत्वको स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघ एक कार्यक्रमकाबीच नया शक्ति पार्टी नेपालको नेपाल समाजवादी ट्रेड युनियन महासंघमा एकिकरण भएको हो । महासंघमा प्याकुरेलसंगै कृष्णप्रसाद सुवेदी ९बुहदल कान्छा०, मणिकुमार घिमिरे, राजेश मैनाली, बलबहादुर तामाङ, पाण्डव प्रसाद थपलिया, सनक बहादुर मैनाली, पवनजंग मैनाली, राजकुमार श्रेष्ठ, सुरेन्द्र मोक्तान, सिता दाहाल, कृष्णकला ढकाल, बिन्दा गिरी, निर्मला पौडेल, सत्य नारायण चौधरी लगायत छन् ।

कार्यक्रममा कृष्ण सुवेदी र खगेन्द्र प्याकुरेलले अन्य पार्टीका नेतृत्व भन्दा नयाँ शक्ति पार्टी र त्यसको नेतृत्वप्रति आफुहरु विश्वस्त रहेर समाजवादी ट्रेड युनियनमा एकिकृत भएको बताए । उनीहरुले नेपाल समाजवादी ट्रेड युनियनलाई एक नम्बरको ट्रेड युनियन बनाउने दाबी पनि गरे ।

कार्यक्रम नेपाल समाजवादी ट्रेड युनियन महासंघका संयोजक लालध्वज नेम्बाङ, नयाँ शक्ति पार्टी, नेपालका सह–संयोजक महेश कोर्मोचा, दुर्गा सोब, संगठन विभाग संयोजक देवेन्द्र पौडेल, आंगिक प्रदेश प्रमुख कुमार पौडेल, प्रवक्ता खिमलाल देवकोटा लगायतले रोजगारमुलक कार्यक्रममा श्रमिकको हक हितलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप