मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रोबोटले रिवन काटेर प्रविधि मेला उद्घाटन (भिडियो सहित)

बिहीबार, २७ माघ २०७३, १७ : ५६
बिहीबार, २७ माघ २०७३

काठमाडौं – उर्जामन्त्री जनार्दन शर्माले नेपाली इन्जिनियर विद्यार्थीले बनाएको रोबोटले रिवन काटेर प्रविधी मेलाको उद्घाटन् गरेका छन् । बिहिबार ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा गरिएको चौधौँ राष्ट्रिय प्राविधिक मेलाको मन्त्री शर्माले रोबोटको रिमोट थिचेर रिवन काटी मेलाको उद्घाटन गरेका हुन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्नातक तहमा कम्प्युटर, इलेक्ट्रोनिक्स र इलेक्ट्रीकल बिषय लिएर अध्ययन गरेका बिद्यार्थीहरुको समुहले आयोजना गरेको प्रविधि मेलाको मन्त्री शर्माले उद्घाट्न गरेका हुन् ।

औपचारिक कार्यक्रम सकिएपछि बिद्यार्थीहरुले बनाएको रोबोटबाट मेलाको उद्घाटन गरिएको हो ।

मेलामा विद्यार्थीले बनाएका १ सय २६ ओटा नयाँ प्राविधि स्टलहरु राखिएको छ । ३ दिन सम्म चल्ने मेलाको दोश्रो दिन शुक्रबार रोबोट रेस, तेश्रो दिन रोबोट फाइट जस्ता प्रतियोगिता समेत राखिएको छ । यी प्रतियोगितामा बिजयी हुनेलाई नगद ४० हजारको पुरस्कारको समेत व्यवस्था गरिएको कार्यक्रममा मिडिया कोअर्डिनेटर प्रविण ढकालले जानकारी दिए ।

यस्तै उत्कृष्ट प्रविधी आविष्कार गरेका १० समूहलाई २५ हजार नगद सहित सम्मान गर्ने तयारी गरिएको छ । मेलामा कम्प्युटर र इलेक्ट्रोनिक्ससँग सम्बन्धित प्रविधिका समानहरु राखिएको छ ।

प्रविधी मेलामा त्रिभूवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय अन्र्तगतका इन्जिनियरिङ संकायका आंगिक क्याम्पसका बिद्यार्थीहरुले स्टल राखेका छन् ।

बिद्यार्थीहरुले सिकेको सीप, आविष्कार भएको नयाँ प्रविधीबारे जानकारी दिनका लागि प्रविधी मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । मेला माघ २९ गते सकिने छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप