मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दुर्घटनामा परी अनेरास्ववियुका केन्द्रीय सदस्यको मृत्यु

बिहीबार, २७ माघ २०७३, ०८ : ४१
बिहीबार, २७ माघ २०७३

खोटाङ - मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको उपचारका क्रममा आज मृत्यु भएको छ ।

काठमाडौँबाट जन्मस्थान खोटाङ आउने क्रममा मङ्गलबार बिहान दुर्घटनामा परेका राईको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको हो । सङ्गठनका काममा खोटाङ हिँडेका राई भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परेको अनेरास्ववियुले जनाएको छ । दुर्घटनालगत्तै बेहोस बनेका राईको काठमाडौँस्थित न्युरो अस्पताल पु¥याएर सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

न्युरो अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौँकै ट्रमा सेन्टर पु¥याइएको थियो । करिब एक दशकदेखि एमाले निकट विद्यार्थी सङ्गठनमा क्रियाशील राई सङ्गठनको माथिल्लो सगरमाथा प्रमुखसमेत थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप