मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस पर्सा जिल्ला सभापति चुन्न मतदान सम्पन्न

बिहीबार, २७ माघ २०७३, ०९ : ४३
बिहीबार, २७ माघ २०७३

पर्सा - नेपाली काँग्रेस पर्सा जिल्ला सभापतिलगायत २८ पदका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ सम्पन्न भएको छ ।

मतदानमा पर्साका पाँच वटै निर्वाचन क्षेत्रबाट आएका काँग्रेसका नौ सय २५ प्रतिनिधिले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । पर्सामा नौ ३८ मतदाता रहेको प्रमुख निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले जानकारी दिए ।

जिल्ला सभापति पदका लागि भएको मतगणना आजै ६ः३० बजेदेखि गणना गरिने बताइएको छ । सभापतिका उम्मेदवारमध्ये कसैले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके पहिलो र दोस्रो हुने उम्मेदवारका लागि शुक्रबार पुनःमतदान गरिने छ ।

जिल्ला सभापतिको परिणाम आएपछि मात्रै सचिव, कोषाध्यक्ष तथा सदस्यका उम्मेदवारको मतगणना हुन कोइरालाले जानकारी दिए । काँग्रेस विधानानुसार सभापतिमा विजयी हुन कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्ने हुन्छ ।

सभापतिका लागि अजयकुमार द्विवेदी, वशिष्ठनारायण कुर्मी, जनार्दनसिंह क्षेत्री र शान्ति कार्की चुनावी प्रतिस्प्रर्धामा छन् । त्यस्तै सचिवका लागि तीन र कोषाध्यक्षका लागि तीन जना चुनावी प्रतिस्प्रर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप