मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी महानिरीक्षक राईबाट दज्र्यानी चिन्ह प्रदान

बिहीबार, २७ माघ २०७३, १० : ४८
बिहीबार, २७ माघ २०७३

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएकाहरुलाई दज्र्यानि चिन्ह प्रदान गरेका छन् ।

राईले खड्गबहादुर राई, बसन्तकुमार बानियाँ र मन्दिप श्रेष्ठलाई बिहिबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहका बीच दज्र्यानि चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार उपप्रधान तथा गृहमन्त्रीस्तरको माघ २७ गतेको निर्णयले राई, बानियाँ र श्रेष्ठ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका हुन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राईले सो समारोहमा जेष्ठता, व्यावसायिक क्षमता, कार्यदक्षता एवं कार्यकूशलताको आधारमा पदोन्नती गरिएको बताए ।

समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती शिला राई तथा संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा.कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, शैलेन्द्र खनाल र जीतबहादुर पुन लगायत एपीएफ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप