मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

छोराको आशामा आर्थिक बोझ थोपर्दै ऋषिदेव समुदाय

शुक्रबार, २८ माघ २०७३, १० : ०४
शुक्रबार, २८ माघ २०७३

मोरङ - सन्तानलाई दुई छाक जाउलो जुटाउनै समस्या छ, दक्षिणी मोरङको सिजुवा–३ का फागुलाल ऋषिदेवलाई । ३८ वर्षीय फागुलालका दुई छोरा र ६ छोरी छन् । बर्सेनि जस्तो एकपछि अर्को गरी जन्मिएका छोराछोरीलाई चिसो छल्ने लुगाफाटोभन्दा पेटभरि खाने अन्नमा नै फागुलालको ध्यान केन्द्रित छ ।

फागुलालकी जेठी छोरी उनीभन्दा १७ वर्ष मात्र कान्छी छन् । तर छोरीलाई ज्वाइँ खोज्ने बेलासम्म सन्तानको इच्छा फागुलालको रहर होइन, बाध्यता हो । उनी भन्छन्–“छोरा भएन, हाम्रो जातमा छोरा भएन भने कुटुम्ब पनि आउँदैन, काजक्रिया गर्न पनि छोरो नै चाहिन्छ ।” उनले छोरा पर्खंदा पर्खंदै आठ सन्तानको बाबु बन्नु परेको नियति सुनाए ।

त्यसो त सिजुवा–३ मा उनी मात्र छोराको पर्खाइमा धेरै सन्तानको बाबु बनेका होइनन् । हब्बुलाल माझीको नियति पनि फागुलालको भन्दा फरक छैन । हब्बुलाल ३७ वर्षको उमेरमा पाँचजना छोराछोरीको बाबु बनिसकेका छन् । भन्छन् –“लगातार चार छोरी जन्मिए, छोरा पर्खंदा पर्खंदै पाँच सन्तान भइसके । उनले पाँचौँ सन्तान चाहिँ छोरो भएको सङ्केत गरे । उनका १ वर्ष, ६ वर्ष, ४ वर्ष, ३ वर्ष र डेढ वर्षका छोराछोरी छन् । सबै छोराछोरी घरमै सकुशल जन्मिएको हब्बुलालले सुनाए । फागुलाल र हब्बुलाल मात्र होइन, बस्तीमा धेरैले छोराको पर्खाइमा आफैँलाई आर्थिक बोझ थोपरिरहेका छन् ।

जमिनको नाममा ओतलाग्ने सानो छाप्रोबाहेक केही नभएका माझी र ऋषिदेव हिउँदमा साहू महाजनको धान काटेर झन्डै आठ महिना खाने अन्न भेला गर्छन् । बर्खामा कृषि मजदुरी गर्छन् । तर पछिल्लो समय कृषिमा आधुनिक प्रविधि भित्रिएसँगै उनीहरूको गाँस पनि खोसिँदै गएको छ । त्यसो त उनीहरूलाई परिवार नियोजनसम्बन्धी ज्ञान नभएको होइन, हब्बुकी पत्नी शान्तिकुमारी भन्छन्–“हाम्रो जातमा आइमाई मान्छेले भनेको के हुन्छ र ?”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप