मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बैतडी ट्रक दुर्घटनामा एकजनाको मृत्यु

शुक्रबार, २८ माघ २०७३, १० : १०
शुक्रबार, २८ माघ २०७३

बैतडी - बैतडीमा ट्रक दुर्घटना हँुदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रकका सहचालक श्रीकोट–३ का १९ वर्षीय किशोरसिंह ऐरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए ।

गम्भीर घाइते भएका ऐरीको उपचारका लागि धनगढी लैजाँदै गर्दा बैतडीको सतबाँझ पुग्दा बाटोमै ज्यान गएको हो । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

यस्तै, ट्रक चालक बैतडी श्रीकोट–४ का अन्दाजी २४ वर्षीय मोहनराज जोशी र श्रीकोट–४ का २१ वर्षीय सागर चन्द गम्भीर घाइते भएका छन् । घाइते चालक मोहनको आँखा, निधार र छातीमा तथा सागरको टाउको, आँखा र खुट्टामा चोट रहेको छ । घाइते तीनैजनाको बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले बताएको छ ।

महाकाली राजमार्गअन्तर्गत पन्ज्युनयाँ सतबाझ सडकखण्डअन्तर्गत सित्तड–२ चमतडीमा ना ३ ख ५७२३ नंको ट्रक बिहीबार साँझ ७ बजेतिर दुर्घटनामा परेको हो । बालुवा बोकेर सतबाँझतर्फ आइरहेको उक्त ट्रक सडकबाट २० मिटर तल खोलामा खसेको प्रहरीले बताएको छ । ट्रक दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप