मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आज अख्तियारको स्थापना दिवस

शुक्रबार, २८ माघ २०७३, १० : २९
शुक्रबार, २८ माघ २०७३

काठमाडौ–आज २६ औं अख्तियार दिवस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आफ्नो स्थापना दिवस मनाउँदैछ ।

२६ औँ स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम राखिएको छ ।

स्थापना दिवसका अवसरमा आज हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका उच्च अधिकारी समेत सहभागि हुने बताइएको छ ।

२०३२ सालमा स्थापना भएको अख्तियार सार्वजनिक क्षेत्रको भ्रष्टाचारको अनुसन्धान गरी दोषी पाइएकालाई मुद्दा दायर गर्न पाउने संवैधानिक निकाय हो ।

धेरै आलोचना र कम मात्र स्याबासी पाउँदै आएको अख्तियारले समय अनुसार अनुसन्धान पद्दति सुधार गर्न नसकेको आरोप लाग्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप