मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लालीघाट–विमानस्थल सडक सम्पन्न गर्न माग गर्दै ज्ञापनपत्र

शुक्रबार, २८ माघ २०७३, १० : ३४
शुक्रबार, २८ माघ २०७३

काठमाडौँ - कालीकोट जिल्लाको लालीघाटदेखि विमानस्थल सम्मको बाटो तत्काल सम्पन्न गर्न माग गर्दैै कालीकोटवासीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकसमक्ष विहिबार ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली काँग्रेस कालीकोटका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा गएको टोलीले माघ २९ गतेदेखि विमानस्थलमा जहाज सञ्चालन हुन लागेको र विमानस्थलबाट लालीघाटसम्म जाने मोटरबाटो नभएको भन्दै तत्काल निर्माण सम्पन्न गर्न माग गरेका हुन् ।

यस्तै, कालीकोटका ३० वटै गाविसमा मोटरबाटो पु¥याउनुपर्ने, दैलेख–कालीकोट–जाजरकोट मोटरबाटोलाई उच्च प्राथमिकता दिनुपर्ने, कालीकोट जिल्लाका खोलामा पक्की पुल निर्माण गर्नुपर्ने माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले कर्णालीको विकास निर्माणका लागि उच्च प्राथमिकता दिएको बताउँदै उनले सो सडक निर्माणका लागि सडक विभागलाई तत्काल निर्देशनसमेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप