मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘मधुमालती’ मा रोमान्टिक प्रेमकथा

शुक्रबार, २८ माघ २०७३, ०८ : ४९
शुक्रबार, २८ माघ २०७३

काठमाडौं - बिहिबार राजधानीमा चलचित्र ‘मधुमालती’ निर्माण घोषणा भयो । रोमान्टिक प्रेमकथामा बन्ने चलचित्र १५ फागुनबाट फ्लोरमा जाने छ ।

चलचित्रलाई शिशिर चालिसेले निर्देशन गर्न लागेका हुन् । थुप्रै चलचित्रमा मुख्य सहायक भएर काम गरेका चालिसेको यो निर्देशनमा डेब्यु चलचित्र हो । चलचित्रको कथा समेत उनले तयार गरेका हुन् ।

शंकर कार्की निर्माता रहेको चलचित्रमा रुपा राना, केशव भट्टराई, अनुरुप पोखरेल, कुसुम नेपाल, सविना थापा लगायतको अभिनय रहनेछ । संगीत दावा दोर्जे लामा र मिलन सुर्खेतीको रहन चलचित्रका सह–निर्माता श्याम खड्का हुन् ।

१ करोड बजेटमा निर्माण हुने भनिएको चलचित्र काठमाडौं, ईलाम र हेलम्बुमा छायाँकन हुनेछ । चलचित्र कृती ‘मधुमालतीको कथा’मा आधारित नभएको निर्माण पक्षले जानकारी गरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप