मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लिम्बु गीत संगीतले गुन्जियो नाचघर

शुक्रबार, २८ माघ २०७३, ०७ : ५३
शुक्रबार, २८ माघ २०७३

काठमाडौं - राजधानीको संस्कृतिक संस्थान अर्थात नाचघर बिहिबार लिम्बु संस्कृतिमय भयो । लिम्बु कलाकारले नृत्य, गायन र बाद्यबादन प्रस्तुत गरेको ‘वेश्मा लाङ्योक’ कार्यक्रम लिम्बु समुदायको संस्था ‘हिलिहाङ हाक्पारे पालाम सयङ’ले आयोजना गरेको थियो ।

अग्रज संस्कृतिबिद् सत्यमोहन जोशीले च्याबुङ बजाएर उद्घाटन गरेको कार्यक्रममा लिम्बु भाषाको पहिलो गीत रेकर्ड गराउने अग्रज गायक भगत सुब्बा, गायक एवं गीतकार प्राज्ञ अशोक लोहरुङ राईलाई सम्मान गरियो ।

लिम्बु संस्कृतिबारे जानकारी गराउँन काठमाडौंमा मौलिक लिम्बु संस्कृतिक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा यासेली योङहाङ, बिष्णु सिंगक, श्रेयसी चेम्जोङ, कुशल थलङ, दिपक लिम्बु, सञ्जय तुम्रुक, मोहन मादे, सञ्जय, मोहन, दिपा, सुसन, अमृता लगायतले आ आफ्नो प्रस्तुति दिए ।

– कार्यक्रममा बोल्दै प्रमुख अतिथि सत्यमोहन जोशीले पूर्वी नेपालमा पहिचान लिम्बु सँस्कृति रहेको बताए ।

– साँस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले नेपाली संस्कृतिको जगेर्ना गर्नु नै संस्थानको उदेश्य रहेको जानकारी दिए ।

– ‘हिलिहाङ हाक्पारे पालाम सयङ’का अध्यक्ष प्रदीप योङहाङले लिम्बु मौलिक गीत, सँगीत नृत्यको संरक्षण र प्रवर्धनमा आफुहरुले काम गर्दै आएको जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप