मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नायिका पूर्णिमा लामालाई १० प्रश्न : मेरो आँखाले प्रेम छर्छ रे

शुक्रबार, २८ माघ २०७३, १३ : ०२
शुक्रबार, २८ माघ २०७३

केही पहिले प्रदर्शित चलचित्र ‘रेलिमाई’ बाट डेब्यु गरेकी अभिनेत्री हुन्, पूर्णिमा लामा । पहिलो चलचित्रबाट ब्यवसायीक सफलता हात पार्न नसके पनि अभिनयमा भने फड्को मारिन् उनले ।

‘रेलिमाइ’ प्रदर्शन आएपछि उनका हातमा एकसाथ आधा दर्जन बढी चलचित्र परे । यसै चलचित्रबाट उनले बक्सअफिस अवार्ड समेत हात पारिन् ।

‘हिरोज’, ‘द दन्ड’, ‘शिवम्’ लगायत केही चलचित्र प्रदर्शनको तयारीमा छन् उनका । केही चलचित्रको छायंकन अहिले जारी छ । ती मध्य एकमा अहिलेका चलेका हिरो दयाहाङ राइसँग पनि जोडी बाँधिदै छिन् ।

म्युजिक भिडियोमा पनि उनको अभिनय देख्न सकिन्छ । करिब १५ वटा जति भिडियो आफुले अभिनय गरिसकेको उनी बताउँछिन् । प्रस्तुत छ, रेलिमाई अभिनेत्री पुर्णिमासँग रातोपाटीले राखेको दश प्रश्न ।

तपाइँलाई मेकअप गर्न कतिको मनपर्छ ? कित समय लाग्छ ?

मेकअपमा मलाइ खासै इन्टेश छैन । तर गर्दै नगर्ने पनि होइन है । नारी जन्मजातै सौन्दर्यले भरिएको हुन्छे । हामीले हल्का मेकअप गरेर यसलाई आकर्षक बनाउने मात्र हो । त्यसैले म ५ देखि १० मिनेट भित्रमा मेकअप सिध्याउछु ।

शरीरलाई फिटनेस आवश्यक छ कि छैन ? छ । गर्ने पनि गरेकी छु । पहिले गाउँमा हुँदा दिनभर काम गरिन्थ्यो । त्यसैले फिटनेसको आवश्यक नै पर्दैनथ्यो । अहिले फिजिकल रुपमा पनि फिट रहन फिटनेश गर्ने गरेकी छु । जुम्बा हरेक दिन बिहान नियमित गर्छु, भने योगा फुर्सद हेरेर गर्ने गरेकी छु ।

फेसन प्रति कतिको रुचि छ ? मौसम अनुसार फेसन चल्ने गरेको छ बजारमा । मलाई पनि समय अनुसार चल्न मनपर्छ । तर, धेरै मन पर्ने भनेको सारी हो । अन्य समयमा वान पिस, गाउन फेरीफेरी लगाउँछु ।

चरा जस्तै भएर हावामा उड्न सक्नुभयो भने ? यस्तो हुँदो हो भने सबैभन्दा पहिले विश्व भ्रमण गर्छु । पृथ्वी कस्तो रहेछ घुमेर अनुभव गर्ने इच्छा राख्छु । किनभने अहिले यो चहाना पुरा गर्न सक्ने अवस्थामा म छैन ।

कस्तो पुरुष आकर्षक लाग्छ ? पुरुषको अंगतिर त मैले ध्यान दिने गरेकी छैन । उनीहरुको गेटअप चाहीँ हेर्छु । युनिक हेरस्टाइल, आकर्षक पहिरन र लोभ्याउने जुत्ता लगाएको पुरुष मलाई आकर्षक लाग्छ । सबै युवतीको रोजाई पनि यस्तै हुन्छ होला सायद ।

तपाईको कुन अंगमा पुरुष लोभिन्छन् होला ? यता तिर ध्यान दिएको छैन है । मलाई धेरैले बोली र आँखा राम्रो छ भन्ने गरेका छन् । मेरो आखाले प्रेम छर्छ रे । धेरै साथीले यसो भन्छन् ।

घुम्न मनपर्ने ठाउँ ? पोखरा धेरै मनपर्छ । किन भने यो शहर सफल छ । ट्राफिक जामको समस्या पनि छैन ।

राजधानीको के कुरो बोरिङ लाग्छ ? यहाँको ट्राफिक जाम, सवारी समस्या पटक्कै मनपर्दैन । त्यसमा पनि धुलो धुवा नै बोरिङ लाग्छ ।

रोजेको ब्याक्तिसँग डेटिङको अफर मिल्यो भने ? मलाई मनपर्ने हिरो सलमान खान हुन् । उनीसँग नै जान चाहन्छु ।

पर्स बिर्सिएर वा चोरी भएर समस्यामा परेको घटना छ कि ? केही बर्ष पहिले म कोटेस्वरमा रहेको एक मलेसियन कम्पिनिमा काम गर्थे । बसाई थियो बालाजु । घर फर्किदै गर्दा मेरो पर्स चोरी भएछ । म त्यतिबेला सार्वजनिक गाडीमा यात्रा गर्थे । आफुसँग पैसा नभएकोले खलासीले के भन्ला, के गर्ला भन्ने मनमा डर थियो । सो समय खलासीले अरुसँग पैसा माग्दा पनि मेरो आखाबाट डरले आँसु झर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप