मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अख्तियारको स्थापना दिवसमा प्रधानमन्त्रीले सम्झिए लोकमान

शुक्रबार, २८ माघ २०७३, १८ : ४३
शुक्रबार, २८ माघ २०७३

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २६ औँ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व प्रमुख आयुक्त लोकमानसिंहको चर्चा गरेका गरेका छन् ।

सशस्त्र प्रहरी बलको हलचोकस्थित मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लोकमानतर्फ इंगित गर्दै आयोगसँग आफूले तिता अनुभव बोकेको कुरा सुनाए ।

उनले भने, ‘विगतमा आयोगसँग हामी तिता अनुभव हामीले भोग्यौँ । म प्रधानमन्त्रीको हैसियतामा भारत भ्रमण जाँदाको अनुभव फेरि भोग्न नपरोस् ।’

प्रधानमन्त्री प्रचण्ड भारतको राजकीय भ्रमणमा रहेकै बेला तत्कालिक प्रमुख आयुक्त लोकमानसिंह कार्कीले माओवादी क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको हुनसक्ने विषयको छानविन पुनः शुरु गर्ने र त्यसमा जोकोही पनि तानिन सक्ने भन्दै माओवादी अध्यक्षसमेत रहेका प्रचण्डलाई चुनौती समेत दिएका थिए ।

कार्यक्रममा प्रधानमन्त्रीले आयोगको कामबाट देश सुशासनमा योगदान पुगेकोमा प्रशंसा गरेका थिए । ‘भ्रष्टाचारमुक्त राज्य संरचना निर्माण गरेर मात्र लोकतन्त्रलाई मजबुत बनाउन सकिन्छ,’ उनले भने ।

यद्यपि, आयोग स्थापना भएको २६ वर्षसम्म किन भ्रष्टाचार भएन भनेर प्रश्न उठाउँदै यो विषयमा आयोगले मनन गर्नुपर्ने सुझाव दिए ।

‘भ्रष्टाचार हाम्रो आचारण र जीवन शैलीसँग जोडिएको छ,’ प्रधानमन्त्रीले भने, ‘विकृति रोक्न धेरै कदम चाल्न बाँकी छ ।’

उनले अनुसन्धान तथा तहकिकात गर्दा व्यक्तिको संवेदनशीलताप्रति सजग रहनुपर्ने बताउँदे निर्दोषले दुःख पाउनेमा आयोग सजग रहनुपर्ने सुझाव पनि व्यक्ति गरे ।

फरक प्रशंगमा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन गर्न संविधानलाई संशोधन गरेर यसलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप