मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचनका लागि एकतिस दल दर्ता

शनिबार, २९ माघ २०७३, १० : ४६
शनिबार, २९ माघ २०७३

झापा-  निर्वाचनका लागि जिल्लामा ३१ दल सूचीकृत भएका छन् ।

त्यस्तै पाँच लाख तीन हजार १७३ जना मतदाताले नाम लेखाएको र जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । तिनमा दुई लाख ५३ हजार ३० महिला, दुई लाख ५० हजार एक सय ३९ पुरुष र चार तेस्रो लिङ्गी छन् ।

कार्यालयले सञ्चालन गरेको एकमहिने मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत १३ हजार आठ सय तीन मतदाता थपिएको जिल्ला निर्वाचन अधिकृत गोपाल आचार्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप