मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फेरिँदै कर्णालीको मुगु

आइतबार, ०१ फागुन २०७३, १३ : ३७
आइतबार, ०१ फागुन २०७३

–चम्फासिंह भण्डारी

कर्णाली अञ्चलको दुर्गम हिमाली जिल्ला मुगु प्राकृतिक रुपमा सुन्दर छ । करान, गम, सोरु र खत्याड गरी चार भेगमा विभाजित रहेको मुगु जिल्ला बाजुरा, कालिकोट, जुम्ला, हुम्ला र डोल्पा जिल्लाहरुलाई छुन्छ, फलपूmल खेती तथा पशुपालनको राम्रो संभावना भएको जिल्ला हो ।

मुगुको गमगढी बजारमा आधुनिकतामा पुगिसकेको छ । ठूलठूला पक्की घरहरु निर्माण भैरहेका छन् भने खानेपानीका पाइपहरु खुल्ला रहेका कारण धेरैजसो स्थानमा पानी बगेर सडक तथा अन्य संरचनाहरु विग्रने क्रममा छन् । बजारको फोहोर व्यवस्थापन नभएका कारण वातावरण दुषित हँुदै गएको छ । हवाई तथा सडक यातायातले छोएको भए पनि कच्ची मोटरबाटो रहेका कारण सडक यातायात नियमित हुन सकिरहेको छैन ।

मुगुको आर्थिक विकासका लागि पर्यटन आयआर्जनलाई दिगो बनाउनका लागि जडीबुटी, जैविक खाद्य बाली, फलपूmल आदिमा लगानी आवश्यक छ । शिक्षामा लगानी कम हुनु, आफ्नो उत्पादनले ३ देखि ६ महिना खान नपुग्नु, कृषिको व्यवसायीकरण हुन नसक्नु र स्थानीय उत्पादनको प्रयोगमा निरन्तर कमी आउनु र रोजगारीका अवसरहरुको कमी जस्ता समस्याहरु विद्यमान रहेका छन् ।

नेपालकै ठूलो राराताल आकर्षणको केन्द्र मुगु जिल्लामा नेपालकै ठूलो तालको रुपमा रहेको राराताल पर्यटकहरुका लागि आकर्षणको केन्द्र हो । पाँच किमि लम्बाइ, ३ किमि चौडाइ र करिब १६५ किमि गहिरो तालको रुपमा रहेको राराताल साच्चै प्राकृतिक उपहारका रुपमा विद्यमान रहेकोछ । समुद्री सतहबाट २९९० मिटर अग्लो स्थानमा रहेको राराताल पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्र बन्दै गएकोछ ।

ताल्चा (रारा) विमानस्थल : कर्णाली अञ्चलकै बढी हवाई यातायात सुचारु हुने विमानस्थलका रुपमा ताल्चा (रारा) विमानस्थल मुगु रहेको स्थानीय बासिन्दाहरुको भनाइ छ । यतिबेला सीता, गोमा र तारा एयरलाइन्सका दैनिक तीनदेखि पाँचवटा फ्लाइट हुने गरेको छ । नियमित रुपमा विमानहरु जाने भए पनि नेपालगञ्ज ताल्चा र ताल्चा नेपालगञ्जको भाडादरमा भने एकरुपता छैन । यतावाट झण्डै दोब्बर भाडा लिने र उताबाट फर्किंदा आधाजसो भाडा लिने गरेको स्थानीय बासिन्दाहरुको गुनासो रहेको छ ।

नेपालगञ्जबाट ताल्चा जाने यात्रुहरुलाई चार्टर देखाएर बढी भाडा असुल गर्ने र सातामा एकपटक मात्रै आधाजसो सहुलियत भाडामा यात्रुहरु लिने गरेको पाइएकोछ । ताल्चा विमानस्थलमा रहेका गोमा, तारा तथा सीता एयरलाइन्सका ऐजेन्ट कर्मचारीहरुको बीचमा यात्रुहरु लिनका लागि चरम प्रतिष्पर्धा हुने र त्यसको मारमा यात्रुहरु पर्ने गरेको अनुभव स्थानीयहरुको रहेको छ ।

सरकारी प्रयत्न प्रभावकारी नहुनु : मुगुका आम जनताहरुमा सरकारी सेवा सुविधाहरु बारेको जानकारी अभैm पनि न्यून रहेको र सरकारी कार्यालयहरुमा आउने सेवाग्राहीहरुले आपूmले पाउनुपर्ने सेवा सुविधाहरु सहज रुपमा प्राप्त नभएको गुनासो स्थानीय बासिन्दाहरुको रहेको छ । सरकारी निकायहरुमा अहिले पनि जवाफदेहीताको कमी, पारदर्शिताको अभाव, सेवाग्रही मैत्री सेवा प्रवाह नहुनु, पहुँचवालाहरुले मात्र लाभ लिनु, समन्वय र सहकार्य नहनु, सरकारी नीति नियमको कार्यान्वयन नहुनु, सरकारी निकाय र गैरसरकारी निकाय बीचमा अन्तरविरोधहरु विद्यमान रहेको अवस्था भोग्नुपरेको पीडा स्थानीयहरुको रहेको छ । जिल्ला विकास समिति मुगुका स्थानीय विकास अधिकारी विजयराज पौडेलले आपूm मुगुमा आएको दुई महिना मात्र भएकोले स्थानीय निकायको कामलाई सहज र सरल बनाउने प्रयत्न जारी रहेको बताउनु हुँदै स्थानीय समुदायमा पनि सरकारी सेवा सुविधाहरुको बारेमा जानकारी न्यून रहेको कुरा स्वीकार गर्नुभएको छ ।

स्थानीय निकायहरुमा जननिर्वाचित प्रतिनिधिहरुको अनुपस्थितिका कारणले हामीकहाँ आइपुग्ने सेवाग्राहीहरु धेरैजसो पहुँचवाला नै हुने र सीमान्तकृत गरिबहरु जिल्ला विकास समिति, गाउँ विकास समिति, जिल्ला कृषि विकास कार्यालय, पशुसेवा कार्यालयहरुमा आई सेवा लिन नसक्ने अवस्थाको अन्त्य गर्नका लागि आफ्नो प्रयास निरन्तर जारी रहने र स्थानीय निकायको निर्वाचन हुने वित्तिकै यसमा सुधार आउने भनाइ स्थानीय विकास अधिकारी पौडेलको थियो ।

स्थानीय कृषिबाली प्रवद्र्धन तथा खानेबानीमा सुधार : मुगु जिल्लामा उत्पादन हुने स्थानीय बालीहरु कोदो, फापर, मकै, आलु र स्याउको उत्पादनलाई विशेष प्राथमिकताका साथ उत्पादन गर्ने र स्थानीय खाद्यान्नको प्रयोग नगरी बाहिरबाट आउने चामल खाने मानिसहरुको बानीमा आएको परिवर्तनलाई रोक्न सक्ने हो भने धेरैजसो भोकमरीलाई न्यून गर्न सकिने अवस्था विद्यमान रहेको स्थानीय कृषकहरुको मत रहेको छ ।

अहिले मुगुमा धेरैजसो गैरसरकारी सङ्घसंस्थाहरुले आफ्ना तालिम, अन्तरक्रिया र गोष्ठीहरुमा स्थानीय खाद्यान्न बालीको प्रयोग गर्ने अभ्यासको थालनी गरेको र यसलाई निरन्तरता दिने उनीहरुको भनाइ छ । सरकारी कार्यालयहरुमा पनि यस्तो अभ्यासको थालनीको सुरुवात गर्ने हो भने स्थानीय उत्पादनले बजार खोज्नु नपर्ने र स्थानीय बाली उत्पादनमा संलग्न कृषकहरुको जीवनस्तरमा सुधार हुने कुरामा शङ्का रहँदैन ।

गैरसरकारी क्षेत्रको प्रयास सराहनीय : मुगु जिल्लामा युनाइटेड मिसन टु नेपाल, आइएनएफ नेपाल, केयर नेपाल, केड नेपाल, आदा नेपाल, क्रिडाक, आरआरएन, एसएनभी, कारितास नेपाल, साप नेपाल जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाहरुले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण र सशक्तीकरणका क्षेत्रमा विभिन्न स्थानीय साझेदारहरु मार्पmत मुगुमा काम गरिहेका छन् । गैरसरकारी क्षेत्रले सरकारी निकायहरुसँगको समन्वयमा काम गरिरहेको र स्थानीय समुदायका बीचमा रहेर उनीहरुको सहभागिता बढाउनका लागि योगदान गरिरहेको केड क्लेपका मुगु जिल्ला संयोजक उमाकान्त भुषालको भनाइ थियो ।

यहाँका अधिकांश युवाहरु कामको खोजीमा छिमेकी मुलुक भारत, पढाइका लागि नेपालकै नेपालगञ्ज, काठमाडौँ र केही रोजगारीका लागि खाडीमुलुकतिर जानेको संख्या अत्याधिक रहेको कारण यहांका महिलाहरुलाई कामको अतिरिक्त बोझ छ ।

जीविकोपार्जनका लागि घाँस दाउराको भारी बोक्नुपर्ने, खाद्यान्न आदि बोकेर लिएर जानुपर्ने र घरमा रहेका बालबालिकाहरुको पालनपोषणमा ध्यान दिनुपर्ने जस्ता दैनिक काम र गर्भवती, सुत्केरी हुँदा आवश्यक पर्ने आराम र उचित खालको पोषणयुक्त खानाको अभाव जस्ता कारणले मुगुमा महिलाहरुको पाठेघर खस्ने समस्या अत्यधिक रहेको कर्णाली एकीकृत महिला विकास मञ्चका उपाध्यक्ष राज्यलक्ष्मी शाहीको भनाइ रहेको छ ।

छुवाछूतको प्रभाव : सीमान्तकृत तथा छेउ लागेका दलित समुदायले अहिले पनि छुवाछूतको पीडाबाट मुक्ति पाएका छैनन् । जातीय छुवाछूतका विरुद्धमा सरकारी तथा गैरसरकारी क्षेत्रले विभिन्न सचेनताका अभियानहरु जारी राखेका छन् तर पनि व्यवहारमा छुवाछूतको विभेद न्यून भए पनि समाप्त भएको छैन ।

विद्यालयमा समेत जातीय छुवाछूतको विभेद हुँदै आएको पीडा स्थानीय बालबालिकाहरुको रहेको छ । जातीय छुवाछूतको विभेदका विरुद्धमा चलिरहेका अभियानहरुले धेरै प्रयास र प्रयत्नहरु जारी राखेको छ र दलित समुदायका संगठनहरुको सञ्जाल निर्माण गरी संगठित प्रयास जारी राखेका छन् ।

निष्कर्ष : कर्णाली अञ्चलको मुगु जिल्लामा अभाव, विभेद, दुर्गुम हुनुको पीडाका बीचमा आशालाग्दा परिवर्तनहरु देखिँदै गएका छन् । यहाँका मानिसहरुका दैनिक आवश्यकतामा सामाग्रीहरु हवाई तथा सडक यातायातको विकाससँगै प्राप्त हुन थालेका छन् । सरकारी सेवा सुविधाहरुको बारेमा स्थानीय समुदायको चासो बढ्न थालेको छ ।

नेपालकै ठूलो ताल रारा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको वृद्धिसँगै राराको विकाससँगै मुगुको मुहार फेरिन लागेको छ । गमगढी बजारमा आधुनिक घरहरुको निर्माण हुन थालेका छन् र ब्यापारिक चहलपहल बढेको छ । होटेल ब्यवसायहरुको संख्यामा वृद्धि भएको छ र कृषि उत्पादनको प्रवद्र्धनका सरकारी तथा गैरसरकारी प्रयत्नहरु बढिरहेका छन् । स्वास्थ्य, शिक्षा, खानेपानी र भौतिक पूर्वाधारहरुको विकास हुन थालेको छ । सरकारी निकायहरुलाई जवाफदेही बनाउनका लागि नागरिक दबाब बढ्न थालेको छ र गैरसरकारी क्षेत्रले पनि समुदायमा जागरण अभियान सञ्चालन गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप