मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मदिरा बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने अभियान सुरु

सोमबार, ०२ फागुन २०७३, १३ : ३८
सोमबार, ०२ फागुन २०७३
पथरी - विराटनगर उपमहानगरवासीले मदिरा बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने अभियान चलाएका छन् । विराटनगरमा मदिराको बिक्री र खानपानले सामाजिक विकृति बढाएकाले सो अभियान चलाएको संयुक्तटोल सङ्गठनका संयोजक राजेश मास्केले बताए। मस्केका अनुसार विराटनगर–१ मा मदिरा बेच्ने व्यवसायी र भट्टी चलाउनेलाई कोठा भाडामा नदिन अभियान सुरु भएको छ । स्थानीयवासीको पहलमा सुरु भएको अभियानअन्तर्गत घरधनीलाई भट्टी चलाउने र मदिरा बेच्नेलाई घरभाडामा नदिन आग्रह गरिएको छ । सो क्षेत्रका स्थानीयले अव्यवस्थित मदिरा व्यवसायका कारण विकृति बढेकाले स्थानीय भट्टाचोकदेखि पानीट्याङ्की चोकसम्म मदिरा निषेधित क्षेत्र घोषणा गरी भट्टी चलाउन नदिने भएका हुन् । स्थानीय लक्ष्मीनारायण मन्दिर पोखरीयाका अध्यक्ष खगेन्द्रप्रसाद पोखरेलले मदिरा व्यवसायका कारण समाजमा महिला हिंसा बढ्नुका साथै विपन्न समुदाय झन विपन्न हुंँदै गएको बताए । संयुक्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेश मास्केले सरकारको राजस्व सङ्कलन नीतिका कारण जथाभावी मदिरा पसलको लाइसेन्स बाँड्नाले यस्तो समस्या आइपरेको बताए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप