मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठलाई दज्र्यानी चिन्ह प्रदान

मङ्गलबार, ०३ फागुन २०७३, १९ : २७
मङ्गलबार, ०३ फागुन २०७३

काठमाडौं, गृहसचिव लोकदर्शन रेग्मीले सशस्त्र प्रहरी बलको सर्वोच्च पद सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा भएका सिंहबहादुर श्रेष्ठलाई मंगलबार गृहमन्त्रालयमा आयोजित एक विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ नेपाल सरकार मन्त्रिपरिषदको यहि फागुन १ गतेको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नती भएका थिए । महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्दै अग्रज नेतृत्व वर्गले थालनी गरेको कार्यलाई निरन्तरता दिदै सवैको सल्लाह सुझाव अनुरुप अगाडी बढ्ने बताएका छन् । उनले संगठनलाई प्राप्त म्याण्डेट अनुरुप अगाडी बढ्ने कुरा समेत बताए ।

उक्त विशेष समारोहमा गृहसचिव रेग्मीले राज्यले सुम्पेको जिम्मेवारीलाई सशस्त्र प्रहरी बलले उपलब्धिमूलक ढंगबाट पुरागर्दै आएको चर्चा गरे । ‘संगठनको सबैभन्दा ठुलो जिम्मेवारी र चुनौती राज्यले तपाईलाई सुम्पेको छ’, गृहसचिव रेग्मीले भने ।’ दायित्व निर्वाह गर्ने शिलशिलामा सशस्त्र प्रहरी बललाई आवश्यक पर्ने सल्लाह, सुझाव, निर्देशन र सहयोग उपलब्ध गराउन गृहमन्त्रालय सधैं तयार रहेको कुरा समेत उनले बताए ।

नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले देश र जनताको सेवा र सुरक्षामा पेशागत इमान्दारिताकासाथ मन, वचन र कर्मले कर्तव्यनिष्ठ रहने बताउँदै संगठनलाई प्राप्त म्याण्डेट अनुसार अग्रजहरुले थालनी गरेका सकारात्मक कार्यहरुलाई निरन्तरता दिदै संगठन अगाडी बढ्ने बताए ।

उक्त समारोहमा सशस्त्र प्रहरी बलका अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु वासुदेव वली, सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ र दुर्जकुमार राई लगायत गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायत उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो ।

को हुन सिँह ? सशस्त्र प्रहरी महानिरीक्षक सिँह बहादुर श्रेष्ठ वि.सं. २०४४ साल चैत २९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक दर्जाबाट सेवामा प्रवेश गरेका थिए । उनी २०५८ साल बैशाख ४ गते सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमए गरेका सिँहले स्वदेश तथा विदेशमा गरी विभिन्न १९ वटा व्यावसायिक तालिम हासिल गर्नुकासाथै विभिन्न आठ वटा मानपदवी, अलंकार र पदक प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप