मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

असई बनाइदिन्छु भन्दै ठग्ने प्रेम पुरी पक्राउ

मङ्गलबार, ०३ फागुन २०७३, २० : ३६
मङ्गलबार, ०३ फागुन २०७३
  काठमाडौं, राष्ट्रिय अनुसन्धान विभागको प्रहरी सहायक निरीक्षक (असई) बनाईदिन्छु भन्दै लाखौं ठग्ने मोरङ बेलबारीका प्रेम पुरी पक्राउ परेका छन् । मोरङ बेलबारी स्थायी घर भएका पुरिले कञ्चनपुरको दिपेन्द्र कार्कि समेतका ब्यक्तिहरुलाई राष्ट्रिय अनुसन्धान विभागमा जागिरको प्रलोभन देखाएर दुई लाख देखी सात लाखसम्म ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । दुई देखी सात लाखसम्म लिएर नियुक्ती पत्र दिन्छु भनेपनी लामो समयसम्म नियुक्ती पत्र नपाएपछी पिडीतहरु प्रहरीको शरणमा पुगेका थिए । काठमाडौंको किर्तीपुर बसेर ठगी धन्दा चलाएका पुरिले जागिरको खोजीमा भौतारिएका हरुलाई प्रलोभनमा पार्नका लागी जिल्ला विकास समिती सप्तरीबाट जारी भएको गाविस सचिवको स्थायी नक्कली नियुक्तीको पत्र देखाउँदै हिँडेको प्रहरीले जनाएको छ । पिडीतहरुसँग आईएमईबाट पैसा लिने गरेका गिरीलाई झापाबाट पक्राउ गरेर आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप