मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फेसवुकमै ‘सेक्स अखडा’ बनाउने युवा प्रहरी फन्दामा

मङ्गलबार, ०३ फागुन २०७३, २१ : ३१
मङ्गलबार, ०३ फागुन २०७३
काठमाडौं ‘पैसा तिरेर सेक्स गर्ने हो ? यो नम्बरमा सम्पर्क गर्नुस !’ फेसवुकमा यस्तो स्ट्याटस देखेपछी रौतहटका सागर धितालले नम्बर डायल गरिहाले । पटक–पटक ‘कति पैसामा कारोवार गर्ने गरेकी छौ ?’ भन्दै फोन आउन थालेपछी रिता थापा (नाम परिवर्तन) महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पुगिन् । रिताको जाहेरीका आधारमा प्रहरीले ग्वार्को बस्दै आएका रौतहट चन्द्रनिगाहापुर–२ स्थायी घर भएका सागर धिताललाई नियन्त्रणमा लियो । सागरको बयानबाट थाहा लाग्यो, फेसवुकमा त ‘सेक्स अखडा’ नै रहेछ । ‘सागरले फेसवुकमा सार्वजनिक रुपमै राखिएको युवतीको नम्बर लिएर फोन गरेको बयान दिएपछी हामीले त्यस्तो अखडा बारे सर्च गरेका हौं’ महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) दिनेश अमात्यले भने, ‘अश्लिल आईडी बनाएर त्यस्ता नम्बरहरु राखेको भेटियो ।’ यसरी फेसवुकमा अश्लिल आईडी खोलेर सेक्स वर्कर देखी कलेज पढ्दै गरेका युवतीहरुको नम्बर राखेर ‘सेक्स अखडा’ चलाउने सुरज बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको बागडोल बस्दै आएका बस्नेतलाई सोमबार पक्राउ गरेर विद्युत्तिय कारोवार ऐन–२०६३ बमोजिम म्याद लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बस्नेतले अश्लिल फेसवुक आईडी बनाएर महिलाको नाम र नम्बर राखेर चरित्र हत्या गर्दै आएका थिए । आफुसँग साथी भएकाहरुलाई समेत युवतीका नम्बर मागेर उनले सेक्स बार्गेनिङ गर्ने गरेका थिए । सेक्स बार्गेनिङ गर्दा नमानेपछी उनले सार्वजनिक रुपमै फेसवुकमा नाम र नम्बर पोष्ट गर्ने गरेका थिए । उनले अहिलेसम्म २३ जनाको नाम र नम्बर त्यसरी फेसवुकमा राखेको महाशाखाका डिएसपी पशुपती रायले बताए । उनले भने, ‘२०१६ डिसेम्बर देखी उनले यस्तो अश्लिल कार्य शुरु गरेको देखिन्छ ।’ प्रहरीले उनको फेसबुकको १६ जिवी डाटा डाउनलोड गरेर अनुसन्धान शुरु गरेको छ । काठमाडौंको एक निजी कम्पनीमा एकाउन्टेन्ट समेत रहेका बस्नेतले आफु दुई बर्ष अमेरिका बसेर आएको र त्यहाँ फोन सेक्स सामान्य भएकाले नेपालमा पनि त्यस्तो गरेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप