मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गौशालामा एक हजार दरका त्रुटिपूर्ण नोट फेला

बुधबार, ०४ फागुन २०७३, १७ : ३१
बुधबार, ०४ फागुन २०७३
महोत्तरी,  गौशाला स्थित सहयोगी विकस बैंकबाट एक सेवा ग्राहीले निकालेको नोटहरुमा एक हजार दरका त्रुटिपूर्ण नोट फेला परेका छन् । १ लाख बराबरको हजार दरको बन्डलमा तीन वटा नोट एउटै नम्बरको फेला परेको हो । राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाको हस्ताक्षर रहेका ती नोट मङ्गलबार एक सेवाग्राहीले बैकबाट पैसा निकाल्दा फेला परेको हो । ङ १६ ५९२९०६ नम्बरका तीे नोट फेला परेपछि यहाँका जनता चकित भएका छन् । फेला परेका ती नोटमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप