खोज पत्रकारितामा ध्यान दिनुहोस्ः मन्त्री शर्मा
बिहीबार, १२ फागुन २०७३, १७ : ५१
रुकुम – ऊर्जामन्त्री जनार्दन शर्माले खोज पत्रकारितामा ध्यान दिन पत्रकारहरुलाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ रुकुमको पाँचौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री शर्माले राज्यको आँखा र जनताको आवाजको रुपमा रहेका पत्रकारहरुले सत्य समाचार सम्प्रेशण गर्न खोज खबरमा ध्यान दिनुपर्ने बताएका हुन् ।
विकास निर्माण र संविधान कार्यान्वयन गर्ने काममा पत्रकारले निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो ।
अहिले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेकाले यसमा पनि सकारात्मक भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।
तोकिएकै समयमा तीन तहको निर्वाचन गराएर संविधान कार्यान्वयन गराएरै छोड्ने उहाँको प्रतिबद्धता थियो ।