मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नयाँ वर्षको अवसरमा जापानमा पर्यटन मेला हुने

बिहीबार, १२ फागुन २०७३, २१ : ५०
बिहीबार, १२ फागुन २०७३
काठमाडौँ – नेपाली नयाँ वर्षको अवसर पारेर आगामी अप्रिल ८ र ९ तारिख अर्थात् चैत २६ र २७ गते जापानको तेन्जिन सेन्ट्रल पार्क फुकुओकामा सातौँ वैशाखी मेला हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा फुकुओका नेपाल सोसाइटी, क्युसु नेपाल फ्रेन्डसिप र एनआरएन क्युसु जापानको संयुक्त आयोजनामा मेला गर्न लागिएको हो । मेलाका संयोजक रामकृष्ण श्रेष्ठले नेपालको पर्यटनको प्रबद्र्धनमा योगदान पु¥याउने र जापानमा रहेका नेपालीहरुलाई एकै ठाउँमा जम्मा गराई भाईचारा अभिवृद्धि गराउने उद्देश्यले मेला आयोजना गर्न लागेको पर्यटन पत्रकार सङ्घ (जाट) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा जानकारी दिए । उनले भने, ‘बुद्ध जन्मेको ठाँउ नेपाललाई चिनाउनका लागि नेपाली नयाँ बर्षको अवसर पारी सन् २०११ देखि मेला आयोजना गरेका हौँ ।’ फुकुओका नेपाल सोसाइटीका पूर्व अध्यक्ष मोतीप्रसाद श्रेष्ठले मेलामा करिब ४० स्टलमार्फत नेपाली कला संस्कृति झल्कने गरी सोही किसिमका स्टल राखिने र नेपाली खानालगायत नेपाली साँस्कृतिक कार्यक्रम र नेपाली पञ्चेबाजा सहित फुकुओका नगर परिक्रमा गरिने बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप