मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

शिवको दर्शन गर्न भक्तजनको घुँइचो

शुक्रबार, १३ फागुन २०७३, १२ : ५३
शुक्रबार, १३ फागुन २०७३
पोखरा–महाशिवरात्रिका अवसरमा पोखरा र आसपासका शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । पोखराका प्रसिद्ध बिन्ध्यवासिनी मन्दिर परिसरको शिव मन्दिरका साथै छोरेपाटनस्थित गुप्तेश्वर महादेव, भलामस्थित हरिहर महादेव, सीतापाइलास्थित सदाशिवजी सिद्धेश्वर हरिहरलगायतका शिव मन्दिरमा भगवान शिवलाई दूध, जल र बेलपत्र चढाउन दर्शनार्थी लामबद्ध भएर उभिएका छन् । महाशिवरात्रिका दिन सामूहिक ब्रतबन्ध गर्ने चलनअनुरुप धेरै शिवालयमा सामूहिक ब्रतबन्धको कार्यक्रम पनि सञ्चालन भएको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर सीतापाइलाका अध्यक्ष ऋषिराम भण्डारीले बताउनुभयो । भरतपोखरीस्थित सिलिङ्गे, मनियलडाँडा, धारापानी लगायतका स्थानमा पनि सामूहिक रुद्री पूजा र ब्रतबन्धका कार्यक्रम सञ्चालन भएका छन् । शिवरात्रि पर्व त्यसैगरी विराटनगरमा पनि हिन्दू धर्मावलम्बीको अराध्यदेव महादेवको आज बिहानैदेखि भक्तजनले धार्मिक विधिपूर्वक पूजापाठ गरिरहेका छन् । फागुन शुक्ल चतुदर्शी तिथिमा महाशिवरात्रि मनाइन्छ । शिवपुराणको आधारमा आजका दिन उपवासमा बसेर भगवान महादेवको पूजापाठ गरेको खण्डमा सम्पूर्ण पाप नष्ट हुने उल्लेख गरिएको छ । सोही कारणले आज साधुसन्तका साथै सर्वसाधारण भक्तजन पनि उपवासमा बसेर भगवान महादेवको पूजापाठ गरिरहेका छन् । सो अवसरमा भक्तजनले बिहानै पवित्र नदी तथा जलाशयमा स्नान गरी महादेवको जलबाट जलाभिषेक र दूधबाट दुग्धाभिषेक गर्छन् । सो क्रममा महादेवमा बेलपत्र, सिन्दुर, पूmल, अन्न, मिठाइका साथै पानको पात अर्पन गर्छन् । महाशिवरात्रिको अवसरमा मोरङ जिल्लाका विभिन्न शिवालयमा भक्तजन, श्रद्धालुको घुइँचो लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप