मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सामूहिक प्रयासमा पर्यटन विकास : नाट्टा

मङ्गलबार, १७ फागुन २०७३, ०९ : २८
मङ्गलबार, १७ फागुन २०७३
पोखरा - नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको सोमबार पोखरामा आयोजित २२ औँ साधारणसभामा पर्यटन क्षेत्रको विकासका लागि पर्यटन सम्बद्ध सबै पक्ष र निकायको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको छ । नेपाल पर्यटनको दृष्टिबाट अत्याधिक सम्भावनायुक्त देश भएको बताउँदै वक्ताले पर्यटन क्षेत्र सम्बद्ध ऐन नियम पनि पर्यटनमैत्री बन्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले पर्यटन क्षेत्रको समग्र विकासमा पर्यटनमा क्रियाशील व्यवसायी, सङ्घ संस्था एवम् सरकारी निकायको सामूहिक प्रयास आवश्यक हुने बताए । पर्यटन व्यवसायको विकासलाई दृष्टिगत गरी यसलाई उद्योगका रुपमा अघि बढाउनेतर्फ सरकार लागेको बताउँदैउनले यस सम्बन्धी ऐन नियम एकापसमा बाझिन नहुने उल्लेख गरे । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका धेरै पर्यटकीय आकर्षण प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउँदै ती स्थलको प्रचारप्रसार एवम् प्रवद्र्धन आवश्यक भएको बताए । पर्यटकीय स्थलको प्रचारप्रसारका लागि नेपालमा ट्राभल मार्ट आवश्यक भएको उनले बताए । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष डिल्लीप्रसाद गौतमले भूकम्प र नाकाबन्दी पछि प्रभावित नेपालको पर्यटन विस्तारै पूर्ववत् अवस्थामा फर्कदै गरेको अवस्थामा पछिल्ला समयमा बैंकबाट गरिएको ब्याजदर वृद्धिले पर्यटन व्यवसायी प्रत्यक्ष मारमा परेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप