माइक्रोम्याक्सको पी ६८१ नेपाली बजारमा
मङ्गलबार, १७ फागुन २०७३, १५ : २९
काठमाडौँ – माइक्रोम्याक्स मोबाइलको पी सिक्स एट वान नेपाली बजारमा बिक्री शुरु भएको छ ।
यो मोबाइलमा १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर रहेको छ भने १६ जिबी रोम रहेको छ । यसमा आठ इन्चको एचडी डिसप्ले र फोनमा शक्तिशाली ४ हजार एमएएचको व्याट्री रहेको छ ।
त्यस्तै मोबाइलमा ५ मेगापिक्सलको हाइ रिजोलुसनको अटोफोकस रिअर क्यामेरा र २ मेगामिक्सलको क्यामेरा सेल्फीका लागि रहेको छ ।
यो स्मार्टफोन एन्ड्रोयडको मार्शमाल्लो ६.० अपरेटिंग सिस्टममा आधारित रहेको छ ।
मोबाइलमा १ जिबी र्याम र थप ३२ जिबी एक्सपान्डेबल एसडी कार्ड प्रयोग गर्न सकिने रहेको छ ।
दुईवटा माइक्रो सिम राख्न मिल्ने यो फोनले थ्रिजी नेटवर्क सर्पोट गर्छ । कनेक्टिभिटीका लागि यसमा वाईफाई, ब्लूटूथ लगायतका सुविधा पनि छन् ।
फोनको बजार मूल्य रु.१४,७००/– रहेको छ ।