मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पुल्चोक इन्जिनियरिङ क्याम्पस सभापतिमा क्रान्तिकारीका थापामगर विजयी

बुधबार, १८ फागुन २०७३, १९ : ०१
बुधबार, १८ फागुन २०७३

ललितपुर -  पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको स्ववियु चुनावमा सभापतिमा माओवादी केन्द्र निकट क्रान्तिकारीका रोशन थापामगर निर्वाचित भएका हुन् ।

थापामगरले अनेरास्ववियुका सुदीप चालिसेलाई पराजित गरे । थापामगरको पक्षमा ६९७ र चालिसेको पक्षमा ४३५ मत खसेको थियो ।

सचिवमा ओम अधिकारी र कोषाध्यक्षमा प्रतिक न्यौपाने निर्वाचित भएका छन् । दुवै अनेरास्ववियुका हुन् ।

सदस्यहरुमा अर्जुन खतिवडा- अनेरास्ववियु, अदिती गजुरेल - अखिल क्रान्तिकारी, अस्मिता महरा - अखिल क्रान्तिकारी, नविन न्यौपाने -अखिल क्रान्तिकारी, सिर्जना भुसाल -अनेरास्ववियु , रमेश जोशी - अनेरास्ववियु, दिपक

सापकोटा -नेविसंघ निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप